नम्रताको ‘एटिक’१० बर्षे खुशियालीमा करिश्मा पाहुना

प्रकाशित मिति :   June 6, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  नायिका नम्रता श्रेष्ठ र उनका साथीभाई संगको सहकार्यमा ‘एटिक’नामक रेस्टुरेन्टको हिजो १० बर्ष पुगेको खुशियालीमा भब्य पार्टीको आयोजना गरेको थियो ।नम्रताले निर्माण र अभिनय गरेको चलचित्र ‘जाईरा ‘को हिजो मात्र टिजर सार्वजनिक गरिएको छ र उक्त टिजर  प्रति राम्रो प्रतिक्रिया आईरहेको छ ।चलचित्र ‘जाईरा’ मा नम्रताले आफुलाई भिन्नै भूमिकामा प्रस्तुत गरेकी छिन्  ।चलचित्र ‘जाईरा’ भदौ ६ गते बाट प्रदर्शनमा आउदैछ ।

‘एटिक’ रेस्टुरेन्टको १० बर्षे  खुशियाली कार्यक्रम का केहि तस्बिरहरु  । उक्त कार्यक्रममा नायिका नम्रता संग अभिनेत्री करिश्मा मानन्धर ,निर्माता बिनोद मानन्धर ,नायिका उषा रजक ,नृत्य निर्देशकगोबिन्द राई,निर्मात्री प्रनिता श्रेष्ठ ,गायक सबिन राई,ब्लगर लेक्स लिम्बु,निर्देशक हेमराज बि सी आदिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा गायक सबिन राईले आफ्ना गीतहरुको प्रस्तुति दिएका थिए ।काठमाडौँका धेरै हाई प्रोफ़ाईल व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।नायक रेमन दास श्रेष्ठले आएका पाहुना हरुलाई राम्रो स्वागत गरेका थिए । नम्रता ,रेमन र अन्य साथिहरुको सहभागितामा ‘एटिक ‘संचालनमा ल्याएका हुन् ।

Facebook Comments