‘सुपर 30’ मा सुपर हिरो ऋतिक

प्रकाशित मिति :   June 5, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  ऋतिक रोशन स्टारर ‘सुपर 30’ को ट्रेलर रिलिज भएको छ र ऋतिक को अभिनय कौशल को तारिफ भैरहेको छ। चलचित्रको पात्र लाई न्याय गर्न ऋतिकले कुनै कसर बाकी राखेका छैनन्। ट्रेलर मा गणित बिज्ञ आनन्द कुमार को यात्रा लाई प्रस्तुत गरिएको छ। समृद्ध बिद्यार्थी हरुको टिचर बाट सर्बहारा वर्ग को गुरु हुन आइपुगेका आनन्द कुमार लाई सुपर हिरो को रुपमा प्रस्तुत गरिएको छ।

‘सुपर 30’ लाई लिएर धेरै कनट्रोभर्सिज पनि आए। पहिलो त निर्देशक विकास बेल #METOO मा आरोपित भए पश्चात उनको नाम निर्देशक बाट हटाइयो , पछी क्लिन चिट पाए पछि बल्ल उनी चलचित्र मा पुनः जोडिए। चलचित्र सुरुमा जनवरी मै प्रदर्शन मा आउने कुरा थियो तर रिलिज पछाडी सर्यो , जुलाई २६ मा। तर सोहि मिति मा कंगना को मेन्टल हे क्या प्रदर्शन मा आउने भयो। अब अलिअलि सेलाएको ऋतिक – कंगना काण्ड अगाडी आउला भनेर हो कि, ‘सुपर 30’ जुलाई १२ मा सर्यो।

ट्रेलर बाट उत्साहजनक प्रतिक्रिया पाएको चलचित्रको कथासार रुचाइएको छ। ऋतिक को ट्रांस्फर्मेसन अर्को सबल पक्ष हो।

Facebook Comments