दयाहाङ,सिद्धान्त र अल्लोनाको ‘आप्पा ‘ को ‘अमला’ गीत रिलिज

प्रकाशित मिति :   May 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘आप्पा ‘ को नयाँ ओएसटी गीत अमला गीत सार्वजनिक गरिएको छ । गीत रिलिजसँगै यो चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते रिलिज हुने भनिएको ‘आप्पा’ अब असार १३ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुनेछ । चलचित्रको सार्वजनिक गीतलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

चलचित्रको सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।

Facebook Comments