कलंकको असफलताले बिचलित बनेका करन

प्रकाशित मिति :   May 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  कलंक ; ठुला स्टार्स, ठुलो ब्यानर ,चर्को हाइप ले पनि बचाउन नसकेको चलचित्र ! कलंक को बक्स अफिस प्रतिक्रिया पश्चात करन जोहर हच्किएका छन् । आफ्नो नयाँ प्रोजेक्ट लाइ लिएर उनलाई चिन्ता बढेको छ । कलंक जस्तै उनको अर्को मल्टी स्टारर प्रोजेक्ट हो, तख्त । यो चलचित्र पनि पिरियड ड्रामा हो ।

यसै त कलंक निर्माण पश्चात उनलाई भन्साली जस्तो बन्न खोजेको अनि असफल भएको आरोप लागेको छ ।उनि पुनः सोहि प्रतिक्रिया पाउन चाहदैनन् । यस कारण उनि तख्त मा केहि परिबर्तन गर्न लागिपरेका छन् । उनले तख्त को डाइलग लाई सरल बनाएका छन् । साथै फाइट सिन पनि परिबर्तन गरेका छन् । रणवीर सिंह , करिना कपुर , आलिया भट्ट , बिक्की कौशल , अनिल कपुर , भुमि पेद्नेकर र जान्भी कपुर को मुख्य भूमिका रहेको चलचित्र तख्त मा उनि कलंक बाट पाएको फिडब्याक लाई प्रयोग गरिरहेका छन् ।

 

 

Facebook Comments