आलिया भट्टका कारण परिबर्तन गरिन् कियराले आफ्नो नाम

प्रकाशित मिति :   May 10, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  कियरा अद्भानी बिस्तारै बलिउडमा आफ्नो पकड जमाउदै छिन्। फगली बाट करियर सुरुवात गरेकी कियराले पहिलो चलचित्र रिलिज अघि नाम परिबर्तन गरेकी थिइन् । कियरा को खास नाम हो , आलिया अद्भानी । तर सलमान खानले उनलाई बलिउडमा आलिया भट्ट पनि भएकाले , एकै क्षेत्रमा दुई आलिया नहोस भनेर कियरालाई नाम परिबर्तन गर्न लगाए । कियरा, उनि आफैले रोजेको नाम हो ।

‘लस्ट स्टोरिज’ नामक वेब सिरिज पश्चात कियरा झन् चर्चामा आइन् , उक्त सिरिजमा भाइब्रेटर वाला सिन ले उनको चर्चा बढेको हो । करन जोहर ले उनलाई अडिसन बिना नै उक्त सिरिजमा कास्ट गरेका थिए ।

कियरा हाल गुड न्युज , कबिर सिंह लगायतका चलचित्र मा ब्यस्त छिन्

Facebook Comments