पुजा शर्मा भन्छिन : बिबाह पश्चात चलचित्र क्षेत्र छोड्छु होला !

प्रकाशित मिति :   December 2, 2018           Sabasta Entertainment




सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ –

पूजा शर्मा अहिलेकी चर्चित नायिकाको लिस्टमा पर्छिन । निक्कै फ्यान फ्लोविन्ग्स कमाएकी पूजाले विहे पश्चातच लचित्र  लाइन नै छोड्ने अभिव्यक्ति दिएकी छन् । यसले पूजाका फ्यानहरुलाई मन दुख्न सक्छ । प्राय: कलाकारलाई अभिनयको भुत यतिसम्म हुन्छ की, जो मरुन्जेल क्यामराको एक्सन कटमा रमाउन चाहन्छन ।
सबस्त इन्टरटेनमेन्टको एक अन्तर्वार्तामा पूजाले भनेकी छन् “विवाह पश्चात म फिल्म इन्डष्ट्रीमा हुनेछैन । मैले मेरो श्रीमान, छोराछोरी, सासु-ससुरा र फ्यामिलीको लागि यो क्षेत्र छोड्नु पर्छ “।

अन्तर्वार्तामा प्रस्तोताले प्रश्न सोध्छिन “पूजा शर्माको ठुलो सपना के छ ?” एकछिन सोचेर अभिनेत्री शिल्पा पोखरेलले पूजालाई प्रतिप्रश्न गर्छिन ” यहिँ फिल्डमा बुढो हुँदासम्म पनि रहिरहने होला हैन ?’”पूजा (झट्टै) शिल्पाको प्रश्न नकार्दै भन्छिन “के को लागि बुढो हुँदासम्म यहि चलचित्रमा रहनु ?’”जुन उत्तरले चलचित्र  र यो क्षेत्रलाई माया गर्ने जो-कोहिलाई अलि खिन्न बनाउँन सक्छ  ।
पूजा अगाडी थप्छिन “विहे पछि म कहाँ चलचित्र लाइन भनेर बस्छु , म त फ्यामिलीलाई टाइम दिन्छु नि । फ्यामिलीले अहिले नै यो लाइन छोड भनेपछि, म छोड्न सक्छु । म यो लाइनको लागि त्यति धेरै क्रेजी छैन । सायद अबको २-३ वर्ष नै होला कि ?’
विहे गरिसके पछि दुई तिर समय दिन नमिल्ने पूजाको तर्क छ । उनि दुई ओटा डुंगामा एकैपटक खुट्टा टेक्न चाहन्निन । त्यसले विहे पश्चातको सम्पूर्ण समय फ्यामिलीलाई नै दिने पुजाको योजना छ ।

पछिल्लो समय प्रदर्शनमा आएको “रामकहानी’ ” पुजा को प्रदशित  चलचित्र रहेको छ । अहिले पूजा सुदर्शन थापाको निर्देशनमा बन्ने “सम्हालिन्छ कहिले मन”को लागि तयारी गरिरहेकी छन् ।

तस्बिर : पुजा शर्माको फेसबुक

Facebook Comments