“रामकहानी” को रमाइलो ३ पोष्टरहरु

प्रकाशित मिति :   August 12, 2018           Sabasta Entertainment





सुदर्शन थापा प्रोडक्सन द्वारा निर्मित चलचित्र “रामकहानी” ३ पोष्टरहरु रिलिज गरिएको छ । पोष्टरहरुमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् ।पोस्टरमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा र राजाराम पौडेललाई सबैलाई देख्न सकिन्छ । रामकहानीको गीत र ट्रेलर यु टुब मार्फत आइसकेको छ ।

कमेडी र प्रेमकथामा बनेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।चलचित्रलाई सुदर्शन थापा र पुजा शर्मा ले संयुक्तरुपमा निर्माण गरेका हुन् । चलचित्रमा शब्दअनि संगीत अर्जुन पोखरेल,छायांकन सौरव लामाले गरेका छन् ।सम्पादन बनिश बिक्रम शाह र मिलन श्रेष्ठले गरेका छन् । “रामकहानी” भदौ २२ गतेदेखि रिलिज हुँदैछ ।

Facebook Comments