रेखा थापाले धनगडीमा श्रावन १ मै रेल ल्याएर,सोहि रेल चढी धरान जाँदै

प्रकाशित मिति :   July 10, 2018           Sabasta Entertainment





नायिका,निर्माता एबम निर्देशक रेखा थापाले निर्माण र निर्देशन गरेको बहुप्र्तिछित चलचित्र “मालिका “को गीत “हल्का माया के माया गाढा लगाउने,नजिकका माया छँदैछ टाढा लगाउने” श्रावन १ गते रिलिजको तयारीमा छ । सुरेश अधिकारीको शब्द र संगीतमा,यो गीतलाई जाजरकोटको दरबारको प्रांगणमा रेखा थापासंग १०० भन्दा बढी नृत्यांगना राखेर सुदुर पश्चिमेलीको सास्कृतिक सैलिमा नृत्य निर्देशक रामजी लामिछानेले नृत्य गराएका छन् भने रामशरण उप्रेतीले छायांकन गरेका छन् । निर्माता सरस्वती थापा, कार्यकारी निर्माता नर बहादुर कार्की रहेका छन् ।
रेखा फिल्मस्को ब्यानरमा निर्मित “मालिका” कार्तिक २१ गते लक्ष्मीपूजाको दिन रिलिज हुँदैछ ।

Facebook Comments