घर हुरीले उडायो

प्रकाशित मिति :   July 5, 2018           Sabasta Entertainment



Kumari bank

 

किनबेच भएको एक महिनामा घरधनीले घर छोड्नुपर्ने सर्त थियो । तर दुई महिना बित्दा पनि छोडेका थिएनन् । मानवीय कारणले गर्दा धेरै कर गर्न पनि सकिनँ ।
“हामी वैशाखको अन्तिमसम्म सर्छौं । तपाईंहरुले त्यति बेला छोडिदिनुपर्छ ।”
घर पास गरेको पनि दुई महिना भइसकेको थियो । उनीहरुले छाड्नुपर्ने दिन आयो । अघिल्लो दिन छोडेछन् । गएर हेरे“ । त्यो दिनभरि त्यहाँ के–के गरेछन् भनी साध्ये छैन । मान्छेभित्रको लोभपाप र कपट त पहिलोचोटि त्यही“ देखे“ ।

अर्को दिनदेखि घर मर्मत गर्ने, रङरोगन गर्ने भनेर सात जना लेवर लिएर जाँदा त त्यहाँ दुईचार भारी फोहोरको डङ्गुरबाहेक केही छैन । सबैभन्दा पहिले पानी चाहिने । पानी चढाउने मोटर छैन । मोटर किनेर ल्याइयो । इनारमा भित्र गाडेको पाइप छैन । पाइप किनियो । माथिको ट्याङ्की छैन । सबै जोडियो । भित्र बल्व, ट्युवलाइट केही छैन । सबै लगेछन् । तर आफूले गरेको फोहोरको डङ्गुर भने जताततै छोडेर गएछन् । यता गयो फुटेको सिसा असरल्ल । उता गयो थाङ्ना भोटा उस्तै फोहर । लाजको थोपो रहेनछ । बाहिर भने असाध्यै धार्मिक, ज्ञानी र राम्रो !

सरसफाई गर्दा मेरो हातको छाला गएका थिए । यति फोहर त अन्त कतै देखेकै थिइनँ । त्यति बेलासम्म मानिसहरु कसरी बसेका थिए होलान् ! एक दिन लक्ष्मी भाउजू र म सफा गर्न लागेका थियौ“ । मलाई उक्उक् लागिरहेको थियो ।
भाउजूले एउटा झ्याल देखाउनुभयो, “सरस्वती हेर्नुस् त, किन होला यो झ्यालमा कालो पर्दा राखेका ?” यसो झ्यालको सिसाजस्तो लाग्यो । पर्दा होइनजस्तो लाग्यो, नङले कोट्याएँ । सिसा रहेछ ! अनि साबुन दलेर सफा गरियो । सिसा सेतो भयो । हामी दङ्ग पर्येउ “ । मान्छेको जात भएर पनि त्यस्तो फोहरमा बस्न सक्ने !

भित्र अलिअलि काम सकेर हामी त्यो घर सर्यो“ । सङ्कटकाल अलि सेलाएजस्तो हुँदै थियो । त्यसैबीच उनी र कृष्ण सिटौला दिल्लीमा पुगेर माओवादी नेताहरुसँग प्रारम्भिक वार्ता गरेर फर्केका थिए । संयुक्त आन्दोलन गर्ने तयारी हुँदै थियोजस्तो लाग्छ । माओवादीको आव्रmमण भने चर्किरहेको थियो । मलाई असाध्यै धपेडी भयो । सबै काम सक्न र फोहर स्याहार्न । घर भन्नु त स्वस्थानीको कथामा गोमा बाहुनीको जस्तै थियो । त्यहाँकी छिमेकी बैनीले साह्रै धेरै सहयोग गरिन् । त्यहाँ बसुञ्जेल दुःखको बेला मानवीय सहयोग गरिन् ।

घर सफा गर्दै थिएँ, अर्की एक छिमेकी आइन् । “हजूर आज अफिस गैसे’न, बिदा बसिस्या ?” सहानुभूति देखाइन् ।
“कठै ! शिवजीले गोमाजीलाई छोडेजस्तो यस्तो ठाउँमा एक्लै छोडेर आफू गैसे’छ । भुरा कति छन् ?” अरु पनि धेरै कुरा सोधिन् उनले ।
‘सियो’ लगाएर बोलेको कुरा कति बुझे“ कति बुझिनँ, त्यसमा पनि भुरा कति छन्, भनेको त झनै बुझिनँ । पछि थाहा पाएँ, यतातिर मान्छेको बच्चालाई पो भुरा भन्दा रहेछन् । हामीले त माछाका बच्चालाई भुरा भन्थ्यौ“ । आ–आफ्नो ठाउँको भाषा होला ।

करिब पन्ध्र दिनमा लेबर लगाएर काम सकियो । मेरो सरसफाइको काम त एक महिना भयो होला । घर सफा थियो । निकै मेहनत गरे“ । बारी खने“ । मकै तरकारी लगाएँ । आँगनभरि गमलामा फूल फुलाएँ । सबैले नमूना घर भन्न थाले । मैले मेरो आदर्शको घर माने“ । पार्टीमा लाग्दाको आदर्शको मेरो नमूना घर ! मेरै जोडबल र मेहनतले सजिएकोले मैले पटकपटक ‘मेरो घर’ भने“ ।
यो नमूना कटेजमा बस्न लागेको नौ महिना भएको थियो । बाहिर गणतन्त्र ल्याउने आन्दोलन चल्दै थियो । उनी निकै व्यस्त थिए । कसैले फोन गरेर घरको लोकेसन माग्यो । उनलाई सोध्यो ‘सियो’ लगाएर । मलाई शङ्का लाग्यो ।

अलि झर्केर जवाफ दिएँ, “कहाँ घरमा बस्नुहुन्छ र बल्खु हुनुहोला नि यति बेला । घरमा भेट हुँदैन ।” तैपनि लोकेसन त दिनैपर्यो , दिएँ । जानकारी गराउन फोन गरे“, मोबाइल स्वीच अफ भन्यो । ठिमीमा कार्यक्रम रहेछ । सकेर राती घर आए । दिउँसोको कुरा बताएँ, शङ्का लाग्यो । पुलिसजस्तो छ भने“ । धेरै ढिला भइसक्यो । राती नै उठेर हि“ड्नुपर्ला भनेर सुतियो ।
राती त कहाँ हि“ड्न भ्याउनु ! तीन बजे नै आए एक हूल सशस्त्र प्रहरीहरु । नौ जनाको टिम रहेछ । लिएर हि“डे ।
पार्टीलाई जानकारी गराउन फोन गर्छु भन्दा त फोनको लाइन काटिसकेको ! छिमेकी कोही उठेका छैनन् । उठे पनि सबै आफ्नै काममा । फोन भए पो सबैलाई थाहा हुन्थ्यो । फोन नभएपछि सबै अन्धकार । मेरो सङ्कटका दिन फेरि सुरm भए । उनलाई कहाँ लगेको थाहा थिएन । यत्तिकैमा राजेन्द्र अर्याल आए । शङ्का लागेको ठाउँमा खोज्न गयौ“ । भक्तपुरको दुवाकोट सशस्त्र प्रहरी ब्यारेकमा लगेको रहेछ । भेट्न दिएन । त्यहाँ सयौ“को सङ्ख्यामा साथीहरु थिए होलान्– काङ्ग्रेस, एमाले र अन्य पार्टीका समेत । लामो समय बसेर मात्रै रिहा भए ।

चैत २४ बाट जनआन्दोलनको तयारी थियो । “घरमा बस्नुभएन । मेरै नेतृत्वमा कोटेश्वरको कमाण्ड छ । २४ गते कोटेश्वरबाट ¥याली छ । म बाहिर बस्छु ।” उनी बाहिर बस्न थाले ।
अघिल्लोपटक घरैबाट गिरफ्तार भएकाले अलि बढी सतर्कता अपनाइएको थियो । आफू सहभागी हुन नमिले पनि मेरो पूर्ण सहयोग र समर्थन थियो । छोरीलाई छोडेर हि“ड्ने अवस्था थिएन मेरो । आन्दोलनमा होमिने मेरो उत्कट अभिलाषा दबाएर बस्न बाध्य थिएँ । यो गणतन्त्र ल्याउने आन्दोलन थियो । आन्दोलन सफल होला या नहोला ? यही कुरा मनमा खेलिरहन्थ्यो ।

चैते दशै“को दिन थियो । छिमेकमा खसी काटे । मेरा बच्चाले हेरेरै बसे । “आमा हाम्रोमा मासु किन्ने होइन ?” पटकपटक सोधिरहे । कसैले सोध्न पठाए होलान् । मेरो मन अमिलिएर आयो । हाम्रो परिवारमा कहिले चाडबाड आउँछ र ? कहिले सँगै बस्नु छैन । सँगसँगै भए मासु किन्ने पैसा छैन । त्यस दिन पनि सम्झाएँ, “बुबा हुनुहुन्न, बुबा आएपछि मासु खाने है ।” बच्चाहरु माने । बुबा भएको बेला मासु खाने भन्ने त्यही सोचाइ भएर होला, त्यसको दस वर्षपछि पनि सानो छोराले भनिरहन्छ, “बुबा नहुँदा किन मासु पकाउनुभयो ? बुबा आएपछि खाँदा हुन्छ नि !” यो सम्झेर ल्याउँदा आज पनि आँखा भरिएर आउँछ । सबै नेताहरु सांसद, मन्त्री भएका परिवारहरुको घरको व्यथा मेरैजस्तो हुन्छ कि ? फरक ?
सानो सानो कुरा पनि पूर्ति गर्न नसकिने हाम्रो अवस्था छ तर पनि हामी सन्तोषले बाँचेकै छौ“ । खोक्रोआडम्बर देखाउनु छैन । मेरा छोराहरुलाई अझै पनि बुबा आएपछि सबै समस्या समाधान हुन्छजस्तो लाग्छ । सबै कुरा बुझेका छैनन् होला ।

के–के सोचेर बसिरहेकी थिएँ, बाहिरको मौसम अलि अँध्यारो लाग्यो । छोराहरु खेल्न गएका थिए । छोरीलाई भित्र ल्याएँ । हावाले धूलो उडाउँदै थियो । फोहर आउँछ भन्दै ढोका लगाएर भित्र पसे“, आकाश छ्याङ्ग देखियो ! आकाश सफा थियो र तल मात्र अलिअलि बादल लागेको । हुरीले एकै झट्कामा घरको सिङ्गै छानो उडाइदिएछ ।
“छाना उडायो ।” सबैले हल्ला गरेपछि म झस्के“ र दौडेर बाहिर निस्के“ । बाटोमाथि पुगे“ । पूरै छाना छैन । डाँडाभाटा केही छैन । मेरो आदर्श घर हुरिले उडायो । ‘उडायो सपना सबै हुरीले’ भनेजस्तो भयो । अरुको त सपना उडाउँदो रहेछ, मेरो भने घरै उडायो । फेरि मेरो बिचल्ली भयो ।
जहाँ पनि ठूलाले सानोलाई हेपेकै हुँदोरहेछ । हावाहुरीले पनि हाम्रो सानो र कमजोर घर उडाएको रहेछ । वरिपरि पक्की घरको बीचमा हाम्रो एकतले कच्ची घर । त्यो भन्दा तल खेत थियो । खेतमा हावाहुरीसँगै भुमरी परेर हाम्रो घरको छाना पुगेको थियो । हामी अत्यन्त सोझो मान्छे । सबैको विश्वास गर्ने । हामीलाई घर बेचेपछि घरबेटीले छानो अड्याउन राखेका, मिलेसम्मको डाँडाभाटा उप्काएर आफूले घर बनाउन लगेका रहेछन् । टिन र अड्याउने काठ नदेखेपछि छिमेकीहरुले मुख खोले । सबैले सहानुभूति दिए । गाली लाग्ने भए सबैले उनैलाई गाली गरे ।

फेरि भित्र पसे“ । फोन गर्न खोजे“ । फोनको लाइन पहिलेदेखि काटिएकै थियो । छिमेकीको घर फेरि गएँ । उभिएँ । बोली छुटेन, हेरिरहे“ । अवाक भएँ म । कहाँ र कसलाई पहिले फोन गरुँ ? आफ्नो श्रीमान् या साथीभाइलाई ? पहिले पुतलीसडक विष्णु प्रभात दाइकहाँ गरे“ । अनि बहिनी सुमित्रालाई । श्रीमान्लाई फोन गरे“ सेल्टर बसेको ठाउँमा, “बूढो, घर त उडायो !”
छोटो जवाफ दिए, “मर्मत गर न, कसैलाई खोजेर ।”
घरमा गएँ । छोरीले खाना खाने बेला भएको थियो । भान्छामा पुगे“, इँटामात्र छ । कोठाहरु हेरे“ । सुत्ने कोठाको बिस्तरा इँटा र माटोले पुरिएको छ । मेरो हातमा केही काम आएन र आँखामा आँसु पनि आएन । मुख प्याक्प्याक् मात्र सुकिरहेको थियो । केवल बान्ता आउलाजस्तो मात्र भयो ।
चैते दशै“को बिदाको दिन । सबैका घरमा उमङ्ग छ । सबै परिवार जुटेर रमाएका बेला मेरो हालत यस्तो छ । यसैलाई त होला ‘जो हो“चो उसैको मुखमा घोंचो’ भनेको !

‘प्रदीप ज्ञवालीको घरको पूरै छाना उडायो’ भन्ने खबर हावा सरी फैलिएछ । भ्याए र थाहा पाएसम्मका सबै मानिसहरु आए, गठ्ठाघरसम्मबाट । आफ्नो सबै काम थाती राखेर । छिमेकीको बन्दै गरेको घरमा सामान सारे । सबैले बोके, मिलाए, मलाई केही काम गर्न दिएनन् ।
आन्दोलनमा लागेको नेता भएर पनि होला, धेरैको सहानुभूति पाएँ । बुद्धनगरबाट पैदल हि“डेर भाइ बौद्धराज र ज्वाईं टेकबहादुर राना पनि सहयोगको लागि आइपुगे । सबै सामान कही“ कतै हराएनन्, जस्ताको तस्तै नयाँ डेरामा राखिदिए । सबै मिलेर गरेको त्यो सहयोगप्रति म सधै“ आभारी रहनेछु ।
त्यसको पर्सिपल्ट मेरो नयाँ डेरामा फोन आयो । जिल्लातिरका कमरेडहरुको जमघट भएको ठाउँबाट रहेछ । एउटा नेता बोले, “सरस्वती कमरेड, घर त उडाएछ है ? गाउँमा भएको भए एउटा मुठो खर र एउटा खाँबो लिएर आउनुहुन्थ्यो । त्यहाँ त के गर्ने र !” पछाडि गलल्ल हाँसेको सुनियो ।
मैले पनि जवाफ दिएँ, “मन भए त यहाँ पनि एक मुठा छड र एक बोरा सिमेन्ट लिएर आउन सकिन्छ नि ।”

फेरि उही हाँसो दोहोरियो । मैले असाध्यै पीडा र हेपिएझै“ महसुस गरे“ । एउटा सहयोद्धा भूमिगत छ, भोलिको आन्दोलनलार्ई नेतृत्व गर्दैछ । घर त्यस्तो भयो । परिवार कहाँ–कहाँ, घरमा के थियो । के खाए होलान् ! जस्ता सहानुभूतिका शब्दसम्म बोल्न सकेनन् केही साथीहरुले, नेताहरुले । उल्टै हाम्रो गरिबीको खिल्ली उडाए, खुशी मनाए ।
मेरो लोग्नेको पनि नियत त्यस्तै भए, हाम्रो पनि हावाले नउडाउने घर हुँदो हो । तर हुनेहरुबाट हाम्रो इमानदारीमाथि, हाम्रो आदर्शमाथि खिल्ली उडाइयो । मलाई यसको पीडा जीवनभर रहनेछ । उनीहरुले त सायद जाँडको घुट्कोसँगै निलेर पचाए होलान् ।
आन्दोलन सफल भएपछि, गणतन्त्र आएपछि मेरो लोग्नेको नाम पत्रिकामा आयो । मन्त्री बन्ने लिस्टमा, फोटोसहित । अनि स्वार्थका कुभिन्डाहरु साखुल्य हुन रातीराती धाउन थाले । चाकडीमा हाजिर हुन थाले र भन्न थाले, “घरमा यस्तो भएको रहेछ, मेडमले केही भन्नुभएन त हाम्लाई !”
मेरो दुःख मैले नै व्यहोर्ने हो । उपेक्षाका हाँसो हाँस्नेहरुले होइन । मेरो व्यथा मसँगै छन्, खुराफातीहरुलाई किन भन्ने ? मैले भनिनँ । भीख मागिनँ कसैसँग । जो मेरा थिए, ती आए । बन्दको बेला पनि पैदल हि“डेर ।

घरको छाना उडाएको राती जे त पर्ला, यस्तो समस्या परेको बेला साथ दिनुपर्छ भन्ने सोचेर होला, उनी नयाँ डेरामा आए । खाना खाने पकाउने मनै थिएन । हाम्रो समस्या बुझेर होला छिमेकी भाइले अतिथि सत्कार गर्नुभयो । अरु पकाउने सामान पनि थिएन । छोरीलाई जाउलो खुवाएर सुताएँ । उनलाई देखेपछि थोरै आशा पलायो । मलाई अहिलेसम्म थामेर राखेको बोझले थिच्यो । उनकै समीपमा बसेर भक्कानो फेरेर सकुञ्जेल रोएँ । केही क्षण हलुङ्गो भयो । के निद्रा लाग्थ्यो त रातभरि ! मुसलधारे पानी परिरह्यो । आकाश जोडतोडले गर्जिरह्यो । हामी सुत्न सकेनौ“ ।
तीन बजेतिर पानी अलि कम भएपछि उनी राती नै हि“डे । बिहान कोटेश्वरबाट निस्कने विशाल रयालीको नेतृत्व गर्नु थियो उनलाई ।

म फेरि कति दिनको लागि हो, एक्लै हुँदै थिएँ । बच्चाहरु मात्र थिए साथमा । त्यहाँ मन खोलेर दुःख पोख्ने कोही थिएनन् । अरु पार्टीका समर्थकहरु मात्रै । अझ एक जनाले त भने पनि, “आन्टी, खै तपाईंहरुको एमाले त यस्तो बेला पनि देखापरेनन् ? कस्तो पार्टी हो ?“ म केही बोलिनँ, मन भारी भएर आयो ।
कोटेश्वरको जुलुसबाटै पक्रेछ उनलाई । त्यो दिन केही थाहा भएन । पक्रे पनि कहाँ राखेको छ भन्ने थाहा नहुने । चिनेजानेको सबै आन्दोलनमै थिए । त्यसै बेला गुल्मीबाट दिदीले रुदै फोन गर्नुभयो । “भाइलाई त पक्रेछ, कहाँ राखेको छ ?”
“थाहा छैन ।”
“त्यहाँ बसेर पनि तिम्ले थाहा छैन भन्ने ? खोजी गर्नु पर्दैन ?”
मलाईभन्दा दिदीलाई पीडा रहेछ क्यारे । सबै यातायात बन्द, त्यस्ती छोरी कहाँ छोडेर खोज्न जाऊँ ? घर उडाएपछि छोरी झनै बिरामीजस्तै भई । भत्केको घरतिर हेर्छे । डराएजस्तो गर्ने, रुने गरिरहेकी थिई । दिदीको फोन आएपछि त मेरो दुखिरहेको मन झनै चहरायाएर पो आयो । उहाँहरुको नजरमा मैले श्रीमान्को वास्ता नगरेजस्तो पो परेछ कि क्या हो ! हुन त घरको सबै अवस्थाको बारेमा दिदीहरुलाई थाहा पनि थिएन होला ।

उनको खोजीमा हि“डे“ । कौशलटारको मेनरोड आएँ । जताजतै टायर बालेर बाटो कालै थियो, कोही हि“डेको थिएन । बिनामेसो कहाँ जाने ? अन्यौल मन लिएर गोमा बैनीका पसलमा रोकिएँ । भने“, “उनलाई कहाँ राखेको छ, पत्ता लगाउन हि“ड्दैछु । कहाँ कसरी जाऊँ ?” उनले चिनेको एक जना भाइको मोटरसाइकलमा मलाई तीनकुने चौकीमा पठाइन् । त्यही“ राखेको रहेछ । तर भेट गर्न दिएन । मैले घरको अवस्था र छोरी बिरामी भनेर कर गरेपछि भेट्न त दियो, तर दुई मिनेट मात्रै । म अलि ढुक्क भएर फर्केँ । त्यसपछि उनलाई महाराजगन्ज एकेडेमीमा लगेछ । उन्नाईस दिनसम्म फोन–सोन केही भएन । भेटेका केही साथीभाइले सन्चै हुनुहुन्छ भन्थे, त्यति हो । मेरा हरेक क्षण यस्तै गरी बितिरहे ।
हाम्रो घरको सबै छाना उडाएपछि सहयोगको लागि आएका सबै सहयोगीहरुले सल्लाह गरेछन् । चन्दा उठाएर भए पनि सरको घरको छाना हालिदिनुपर्यो । उहाँले के भन्नुहुन्छ भनेर केही मान्छेहरु सोध्न आएका थिए ।
“ठिकै छ, अहिले केही गर्नुपर्दैन । सर आएपछि के गर्ने भन्ने सल्लाह हामी आफै“ गर्छौँ ।” मैले भने“ ।
हामीले फाइदा लिनचाहेकै भए त त्यति बेला पनि लिन सकिने रहेछ नि ! आफ्नो आदर्शलाई बन्धकी राखेको भए । उनी थुनामा रहेको बेला सबैको सहानुभूति हुने थियो मैले हात थापेको भए । तर मेरो आदर्शले त्यो गर्न दिएन । आफ्नो स्वार्थको लागि कसैसँग झुक्न मानेन ।

पुस्तकः “लालटिनको उज्यालोमा”बाटसाभार
लेखकः सरस्वती ज्ञवाली
प्रकाशनः अक्षर क्रिएशन्स्
विधाः आत्मकथा
मुल्यः रू। ३५०

Facebook Comments