“कासानोवा” संजय दत्त

प्रकाशित मिति :   June 27, 2018           Sabasta Entertainment




संजय दत्तको बायोपिक,“संजु” को रिलिज पश्चात संजय दत्तको जीवनका नखोलिएका पानाहरु माथि पनि प्रकाश पर्नेछ। हामीले स्क्रीनमा देखेको माचो संजय भित्रको कम्जोर छोरा,पति, कैदी, ड्रग एडीक लगायतका संजय दत्तको जीवनका विभिन्न फेज संजुले देखाउनेछ । फिल्मको ट्रेलरले उत्सुक बनाएको अर्को एक पाटो हो, संजयको सेक्स लाइफ, ट्रेलरमा संजयको भूमिकामा देखिएका रनबिर कपूर, आफ्नो ३०८ जना महिलाहरु संग सम्बन्ध कायम भएको बताउदै गरेको देखिन्छ । निर्देशक राजकुमार हिरानी यो सत्य भएको बताउछन। संजयको गुड लूक्स र चार्मले मात्र होइन इमोसनल ब्लैकमेलले पनि केटीहरु संजय संग आकर्षित हुने गर्दथे । कुनै पनि केटीलाई डेट गरेपछि,उनि उसलाई कब्रस्तानमा लग्थे,अनि भन्थे कि “यहाँ मैले तिमीलाई मेरो आमालाई भेटाउन ल्याएको छु । यो मेरो आमाको कब्रस्तान हो” । जबकी बास्तवमा त्यो कब्र्स्तान उनको आमाको हुदैनथ्यो । यो भेट पछि कुनैपनि केटि,संजय संग इमोसनल्ली अटाच हुन्थे ।

त्यति मात्र होइन,संजय आफ्नो समयको “कासानोवा” थिए । उनले आफ्नो जेनरेसनको लगभग सबै अभिनेत्रिहरुलाई डेट गरेका छन् र आफु भन्दा पछिको अभिनेत्रिहरुलाई पनि । उनि ड्रग एडीक मात्र होइन सेक्स एडीक पनि थिए र उनको बायोपिकमा मोडर्न डे “कासानोवा” रनबिर कपूरले अभिनय गरेका छन् । रनबिरले हाल सम्म जम्मा १० जना लाई डेट गरेका छन् ।संजय दत्तको ३०८ अगाडी, रनबिर त कम्पिटिसनमा पनि छैनन् ।

Facebook Comments