नेहा कक्कर र हिमांश कोहलीको मिलेको केमिस्ट्री

प्रकाशित मिति :   June 26, 2018           Sabasta Entertainment




नेहा कक्कर बलीवुडकि सिंगिंग  सेनसेशन हुन्। चिटियाँ कलैया, सैयाँ मेरा  ट्रीपी  ट्रीपी,  काला चस्मा, लगायत टन्नै हीट गीत  दिसकेकी नेहा, प्रोफेससनल सक्सेसले त चर्चामा आउछिन नै, यो  संगै उनको पर्सनल लव स्टोरी पनि अहिले  चासोको  बिसय बनेको छ । नेहा र एक्टर हिमांश कोहलीको सम्बन्ध साथी भन्दा धेरै माथि  भएको हल्ला छ। हिमांशले एक शो मा नेहा प्रतिको  आफ्नो माया ब्यक्त पनि गरे तर प्राय संगै देखिरहने, निकै नै  नजिक यी दुइले आफ्नो  सम्बन्ध सिधा शब्दमा खुलाशा भने  गरेका  छैनन्।

“यारियाँ”  को  “आज  दिन  है सनी सनी” गीत पछि नै यी दुइ नजिक भएको बताइञ्छ।  फिल्मको गीत नेहाले गाएकी थियिन भने फिल्ममा हिमांशले अभिनय गरेका थिए, यो भन्दा पनि  “हम्सफ़र” बोलको गीत पश्चात झन् यो जोडीको प्रशंसक  बढेको  छ।जोडीको  केमिस्ट्री   रुचाइएको  छ। हिमांश त नेहा संग फिल्म गर्न पनि इच्छुक छन् । नेहा पनि  हिमांशलाई  हम्सफ़र  मान्छिन, किनकि उनीहरु अहिले  कमको लागि  संगै  यात्रा  गरिरहेका  छन् । तर जति  नै मित्रताको ओढ्ने  ओढाएपनि, यी दुइ मायामा छन् यो प्रस्ट देखिञ्छ|

Facebook Comments